समाचार

दमौलीमा ४८ औं मेलमिलाप दिवस

दमौली/नेपाली काँग्रेसका संस्थापक एवं मार्गदर्शक वीपी कोइरालाको मेलमिलाप र राष्ट्रिय एकता नीतिलाई ४८ बर्षपछि मनाइएको छ । नेपाली काँग्रेसको भित्र अहिले मेलमिलाप तथा राष्ट्रिय एकता दिवस मनाउने दुईधार देखिएको छ । दुवै धारले छुट्टाछुट्टै कार्यक्रमका साथ ४८औं मेलामिलाप तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
वीपीवादको बारेमा पुस्तकहरु प्रकाशन गरेर प्रचारप्रसार गर्दै सैद्धान्तिक निष्ठा भएकाहरु जिउँदो सहिदको रुपमा परिचित कूल बहादुर गुरुङ्ग नेतृत्वको वीपी विचार राष्ट्रिय समाज र जिल्ला कार्यसमितिहरुले मनाएका छन् । अर्कोतर्फ वीपीवादबाट विचलनमा पुगेको नेपाली काँग्रेसले पनि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ ।
वीपीवादमा विश्वास गर्नेहरुले विश्वराजनीतिमा विस्तारवादी हावा चलेको बेला राष्ट्रियता र सार्वभौम अस्तित्व बचाउन लागि प्रजातन्त्र भन्दा बढी प्राथमिकतामा राष्ट्रियतालाई राखेर सत्ताधारी शक्तिसंग विनासर्त एकता र मेलमिलापको प्रस्ताव अगाडि सारिएको थियो भनेर व्याख्या र विश्लेषण गरिरहेका छन् ।
शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसको समूहले लोकतन्त्र बचाउनका लागि वीपी लिएको एकता र मेलामिलापको सान्दर्भिकता अझै पनि रहेको अपव्याख्या गर्दै सहकार्य, एकता र गठबन्धनको सान्दिर्भिकता रहेको भ्रमपूर्ण प्रचार गराई रहेका छन् ।
तनहूँको सन्दर्भमा चर्चा गर्दा वीपीवादमा विश्वास गर्ने वीपी विचार समाज जिल्ला कार्य समिति तनहुँले सोमबार दमौलीमा ४८औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवस मनाएको छ ।
वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य सुकुमलाल गुरुङ्गको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व तनहुँ अध्यक्ष हरिशरण पण्डितले गर्नुभएको थियो । कार्यक्रममा वक्ताका रुपमा डा. विद्युतकेशरी न्यौपाने, अधिवक्ता ऋषिराम पोख्रेल, प्रखरवक्ता दीपकराज जोशी रहनु भएको
थियो ।
साथै कार्यक्रममा लिलचन्द्र पाण्डे, निलकण्ठ सिग्देल हरि भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो । समाजका उपसभापति क्या. रेशमबहादुर गुरुङले स्वागत गर्नुभएको सो कार्यक्रमको सञ्चालन जिल्ला सदस्य विजय भट्टराईले गर्नुभएको थियो ।

nema
Show More

Related Articles

Back to top button