breakingसमाचार

वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय अधिवेशन स्थगित

७ चैत्र, काठमाडौैँ
वीपी विचार राष्ट्रिय समाजको बैशाख १९ र २० गते काठमाडौैँमा हुने केन्द्रीय अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । विश्वब्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड—१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै आज बसेको समाजको कार्यसम्पादन समितिको आकस्मिक बैठकले अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको हो ।
कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर नेपाल सरकारले सार्वजनिक कार्यक्रम नगर्न दिएको निर्देशनलाई समेत मध्यनजर गदै समाजले आफ्नो अधिवेशन स्थगित गरेको समाजका केन्द्रीय सह—सभापति गोविन्दराज जोशीले जानकारी दिनुभयो ।  कार्यसम्पादन समितिको आकस्मिक बैठक समाजका सभापति कुलबहादुर(केवी) गुरुङको अध्यक्षतामा बसेको थियो ।
 

 
 
 
 
 
 
 

nema
Show More

Related Articles

Check Also
Close
Back to top button