समाचार

सेयरवजारमा झिनो गिरावट

काठमाडौं, साउन २१ । हप्ताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक शुन्य दशमलव २१ अंकले घटेर १ हजार १ सय ८९ दशमलव ६७ को बिन्दुमा कारोबार बन्द भएको छ ।
‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने शुन्य दशमलव ०६ अंकले घटेर २ सय ५० दशमलव ९१ अंकमा पुगेर बन्द भएको हो ।
सोमवार १ सय ४८ कम्पनीहरुका ७ लाख ९६ हजार ७३४ कित्ताको शेयर खरिदबिक्री भई १९ करोड १७ लाख ४८ हजार १२० रुपैयाँको कारोबार भएको छ ।
यस दिन सबैभन्दा बढी कारोबार प्रोगेशिभ फाइनान्सको प्रमोटरको शेयर भएको छ । जसको आज २ करोड ४३ लाख ४१ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सर्वाधिक कमाउनेमा सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले बढेको छ । त्यस्तै सर्वाधिक गुमाउनेमा मल्टीपर्पस फाइनान्सका लगानीकर्ताहरु रहेको छ । जसको शेयर मूल्यमा ८ दशमलव ६३ प्रतिशतले घटेको छ ।
यस दिन १० वटा उपपरिसूचकहरुमा ५ वटा समुहहरु बढेको छ भने ५ वटा समूहहरु घटेका छन् ।
आज १९ करोड १७ लाख बढिको कारोवार भएको छ ।

nema
Show More

Related Articles

Back to top button