breakingसमाचार

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

१७ बैशाख, काठमाडौैँ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्य समिति बैठक आज बस्दैछ । सानेपास्थित पार्टी केन्द्रिय कार्यलयमा बस्ने बैठकमा पाटीभित्रको आन्तरिक विषय र सरकारका पछिल्ला गतिविधीबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ । बैठक दिउसो २ बजेका लागि बोलाइएको छ ।

 
सरकारले गत बैशाख ८ गते राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी दुई विवादास्पद अध्यादेश जारी गरेलगत्तै यसवारे छलफल गर्न भन्दै कांग्रेसले केन्द्रिय समिति बैठक बोलाएको थियो ।
 
चौतर्फी विरोधपछि सरकारले दुवै अध्यादेश फिर्ता लिएर खारेज गरेपछि यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता नभएकाले बैठकको पुर्व निर्धारित एजेन्डामा केहि फेरबदल गरिएको प्रवक्ता शर्माले बताउनु भयो । बैठकमा कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले गरेका कामको समिक्षा हुने कांग्रेसले जनाएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button