breakingसमाचारनेपाली कांग्रेस

नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमितिको कार्यालयमा नियोजित रुपमा तोडफोड÷ दोषीमाथि कडा कारवाहीको माग

१८ बैशाख, तनहुँ÷ नेपाली काँगे्रसको तनहुँ जिल्ला कार्यसमितिको कार्यालयमा केही उत्श्रृङखल ब्यक्तिहरुले तोडफोड गरेका छन् । विश्व मजदुर दिवसको अवसरमा नेपाली काँगे्रस निकटको टे«ड युनियन काँगे्रसले आयोजना गरेको ¥यालीमा घुसपेठ भएका केही उत्श्रृङखल ब्यक्तिहरुले कार्यालयमा तोडफोड गरेका हुन । ¥यालीले दमौली बजार परिक्रमा गर्ने क्रममा ब्यास—२ , मालपोत लाइनमा रहेको कार्यालयमा बुधबार तोडफोड गरेका हुन । सार्वजनिक विदाको दिन बन्द अवस्थामा रहेको कार्यालयको फ्लेक्स बोर्ड तोडफोड गर्नुका साथै सटरमा लेखिएको अक्षरमा रातो रंग लगाएर मेटेका छन् ।
यसैबीच, नेपाली काँगे्रस तनहुँका जिल्ला कार्यसमिति सभापति डिल्लीराम अधिकारीले नियोजित रुपमा कार्यालयमा तोडफोड गरिएको बताए । नेपाली काँगे्रसका नेता रामचन्द्र पौडेल र नेता शंकर भण्डारी तनहुँ जिल्लामा रहेकै बेला आक्रमण हुनु दुःखद भएको अधिकारीको भनाई छ । सो ¥यालीको प्रमुख आतित्थ्यता नेता शंकर भण्डारीले गरेका थिए ।
यसैबीच, नेपाली काँगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले नेपाली काँगे्रसको जिल्ला कार्यसमिति कार्यालयमा तोडफोड हुनु निन्दनीय भएको प्रतिक्रिया दिएका छन् । सार्वजनिक विदाभै कार्यालय बन्द रहेको अवस्थामा रामचन्द्र पौडेल र शंकर भण्डारी निकट रहेका केही उत्श्रृङखल ब्यक्तिहरुले सार्वजनिक कार्यालयमा तोडफोड गर्नु अत्यन्तै निन्दनीय भएको जोशीले बताए ।
टे«ड युनियनले विश्व मजदुर दिवसको अवसरमा आयोजना गरेको ¥यालीमा सम्मिलित भएको बहाना गरी केही उत्श्रृङखल तत्वहरुले कार्यालयमा तोडफोड गरेको जोशीको दाबी छ । यस्ता क्रियाकलापले तनहुँका इमान्दार काँगे्रस नेता तथा कार्यकर्ताहरुलाई अचम्मित तथा मर्माहित बनाएको उनले स्पष्ट पारे । दिन दहाडै दमौली बजारमा यस किसिमको गतिविधि हुनु स्थानीय प्रशासनको कमजोरी भएको नेता जोशीले बताए । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र घटनामा संलग्न अपराधीहरुलाई तत्काल कडाभन्दा कडा कारवाही गर्न स्थानीय प्रकाशनलाई जोशीले ध्यानाकर्षण गराएका छन् ।

nema
Show More

Related Articles

Back to top button