समाचार

निर्मला पन्तको हत्यारालाई जुनकसुकै हालतमा पत्ता लगाउने काँगे्रस नेता पौडेलको आश्वासन

महेन्द्रनगर । नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको घरमा पुगेर सहानुभुति प्रकट गरेका छन् ।
काँगे्रसको जागरण अभियान अन्तर्गत सुदुरपश्चिम प्रदेशका विभिन्न कार्यक्रममा सहभागि हुन कञ्चनपुर पुगेका पौडेलले निर्मलाकी आमा दुर्गादेवीलाई भेटेर हत्यारालाई जुनसुकै हालतमा पनि पत्ता लगाउने आश्वासन दिए ।
निर्मलाको हत्यारालाई जुनसुकै हालतमा पत्ता लगाउन उनले सरकारलाई आग्रह गरे । विसं २०७५ साउन १० गते कञ्चनपुरको महेन्द्रनगरमा साथीको घरबाट हराएकी बालिका निर्मला पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो । तर हाल सम्म पनि प्रहरीले निर्मलाको हत्यारा पत्ता लाग्न सकेका छैनन् ।

nema
Show More

Related Articles

Back to top button