breakingसमाचारवी पी विचार

महामानव वीपी कोइरालाको १०७औ जन्मजयन्ती गण्डकी प्रदेशमा सम्पन्न

पोखरा ,असोज ८
वीपी विचार राष्ट्रिय समाजक गण्डकी प्रदेशको आयोजनामा समाजको केन्द्रिय समितीको समन्वयमा यही असोज ७ गते “वर्तमान राजनितीक परिपेक्षमा वीपी विचारको सान्र्दभिकता ” बिषयक गोष्ठी zoom माफर्त सम्पनन्र भयो । कार्यक्रमका प्रमख अतिथी नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सभापत्ति कुल वहादुर गुरुङ्गले ःवीपीले दिएका विचारहरुलाई हामीले कहिल्यै भूल्नुहुन्न भन्नुभयो । वीपीको विचारलाइ आत्मसाथगरी अगाडि बढाउनुपर्छ उहाँले भन्नुभयो । कार्यक्रमका विशेष अतिथी वीपी विचार राष्ट्रिय समाजका सह –सभापत्ति गोविन्दराज  जाेशीले भन्नुभयाे अहिलेकाे काँग्रेसले सिद्धान्त विनाको संगठन चलाउन खोज्दै छन् । विचारले मान्छेलाई महान बनाउछ सक्ताले होइन । नेपाली काँग्रेस पार्टी नभएर व्यापारिक संस्था भएको छ । पार्टीमा केवल नाफा नोक्सान हेर्न गरेको पाईन्छ , नेपाली कांग्रेसको १४औ महाधिवेसन वीपी कोइराला ,गणेशमान सिंह र महेन्द्र नारायण निीधको भिडन्त हुदै छ ,उहाँले भन्नुभयो । कार्यक्रमका अर्काे अतिथी तथा वीपी विचार राष्ट्रिय समाजका महासचिव विनय ध्वज चन्दले ःनेपाली काँग्रेस आज यो अवस्था पुगेको वैचारिक विचलनले हो भन्नु भयो । अहिले व्यक्तिवादी प्रविधि बढी छ । वीपीले भन्नुभएको थियोः जुन दिन नेपाली काँग्रेसले राष्ट्रियता ,प्रजातन्त्र र समाजवादलाई छोड्छ , त्यो दिन नेपाली काँग्रेस निर्थक भएर जान्छ । अहिले नेपाली काँग्रेसमा त्यही भईरहेको छ । त्यसैले यस्ता वैचारिक विचलन हटाउनु पर्छ र वीपीका सिद्धान्त ,विचार र आर्दशहरुलाई अगाडि बढाउनुपर्छ उहाँले भन्नुभयो । कार्यक्रमका प्रमुख वक्ता तथा वीपी विचार राष्ट्रिय समाजका केन्द्रिय सदस्य प्रा.डा.रामचन्द्र पोख्रेलले भन्नुभयो ,वीपी वाल्यअवस्था देखिनै राजनितीक कुरामा बढी प्रतिबद्धता ,दृढता राख्ने एक चिन्तनशील व्यक्तित्व हुनुहुन्थ्यो । १०४ बर्ष चलेको राणाशासनलाई अन्त्य गरेर मुलुकमा प्रजातान्त्रको स्थापना गर्ने व्यक्ती वीपी हुनुहुन्थ्यो । विभिन्न आन्दोलन र जस्तोसुकै कठिन अवस्थापनि वीपीले हार मान्नुभएन । वीपीले काँग्रेसलाई जोगाउनको लागि भोक, निन्द्रा दुःख, कष्ट हरेक पीडालाई सहेर दिन रात नभनी देश र जन्ताको लागि सेवा गर्नुहुन्थ्यो । पूर्व मेची देखी पश्चिममा महाकालीसम्मका सबै जनताले समानता, स्वतन्त्रता र न्याय पाउनुपर्छ भन्ने एक उत्कृष्ट व्यक्ति वीपी हुनुहुन्थ्यो । वीपीले विकासका योजना गाउँ –गाँउमा पु¥याउनु भयो । जबसम्म गाँउको जन्जीवन सुद्रिदैैन तबसम्म देशको विकास हुन सक्दैन ,भन्ने विचार वीपीमा थियो । वीपीको पालामा  उद्योगको विकास, वृत्ता उन्मुलन जस्ता थुप्रै कार्य भएको थियो ।
वीपीले राजनितीक मात्रै होइन, साहित्यक क्षेत्रमा पनि त्यतिनै योग्दान दिनुभएको थियो । वीपी २०३३ सालमा मेलमिलापको नीती लिएर ८ वटा मुद्धा लाग्दा पनि उहाँ नेपाल आउनुभयो , वीपीले भन्नुहुन्थ्यो ःउम्मेरद्धार छनोट गर्दा राष्ट्रियता ,प्रजातन्त्र र समाजवादको निम्ती लाग्ने व्यक्ति सर्वेक्षण गरेर छनोट गर्नुपर्छ वीपीले भन्नुहुन्थ्यो । वास्तवमा भन्नुपर्दा वीपीको निधनपछि नेपाली काँग्रेसमा वैचारिक विचलन आउन थाल्यो पार्टीमा जनताले विश्वास गरेका र आफ्नो जीवन पार्टीमानै बितायका नेतालाई हटाएर अरुपार्टीको नेतालाई स्वागत गरिएको छ । यस्तो अनैतिक र असान्दर्भिक कामलाई हटाउनुउपर्छ र आगामी दिनहरुमा वीपीको चिन्तन र दृष्टिलाई लिएर अगाडि बढ्न सक्यो भने नेपाली काँग्रेसको भविष्य छ । अब आउने महाधिबेसनमा गुटको होईन ,वीपीको विचार ,सिद्धान्त र आर्दशहरुमा जोड दिएर अगाडि बढ्नुपर्छ उहाँले भन्नुभयो । कार्यक्रमका अर्को वक्ता अधिवक्ता चिरञ्जीवी शर्माले ःनिरासा ,अराजकता र अनैतिकताले देशको रक्षा गर्दैन भन्नुभयो । देशमा अहिले अपन्तव, भ्रष्टचार ,दोन्द्ध ,विद्रोह बढीरेहेको छ । समाजवादी भन्दा पनि पुँजीवादी चिन्तनमा बढीरहेको पाईन्छ । अाथिक विकास विनाको समान्ताको कुनै अर्थ रहदैन । वीपीले त्याग, तपस्या र अनुभवले समाजवादको परिकल्पना गर्नुभएको थियो । अहिलेको अवस्थामा पनि समाजवादको उत्तिकै महत्व हुन जरुरी छ । कुनै पनि काम गर्दा समस्या र दोधारमा पर्नु भयो भने यो देशको माटोलाई रोज्नुस त्यही अनुसारको नीति नियम बन्छ । वीपीले भन्नुभएको यो विचार कति सान्दर्भिक छ । त्यैसैले वीपीको विचार ,सिद्धान्त र आर्दशहरुलाई एकै साथ लिएर हिड्ने हो भने यो देशको जनता दुःखी ,गरिबी र भोकमरीको समस्यामा पर्नु पर्दैन उहाँले भन्नुभयो । कार्यक्रमकै क्रममा स्वागत मन्तव्य दिदै वीपी विचार राष्ट्रिय समाजका सचिव पर्रशुराम गिरीले ःराष्ट्रवादी र प्रजातन्त्रवादी मिल्यो भने मुलुकको संरक्षण हुन्छ । राष्ट्रियता र प्रजातन्त्र मिल्यो भने समाजवाद बन्छ । वीपीले ज्यान बलिदान दिएर स्थापना गरेको पार्टीलाई हामीले कहिल्यै भूल्नुहुन्न अहिलेको राजनितीक अवस्था हेर्न हो भने सक्ता ,पद र स्वार्थको लागि चलेको छ उहाँले भन्नुभयो । कार्यक्रमा दिकेन्द्र कणेल, निरञ्जनराज भण्डारी ,द्रोनाराज उपाध्याय, दिल्लीराम अधिकारी , कल्पना तिवारी,बालकुमारी लोहनी, निर्मला गौचन, धना खतिवडा आदि नेतृत्व वर्गले अत्यन्तै सान्दर्भिक विचार व्यक्त गर्नु भयो । वी. पी. विचार समाज गण्डकी प्रदेशका सभापत्ति खगेन्द्र राज रेग्मीले भन्नुभयोः अहिले देश लथालिङग अबस्थामा पुगेको छ । वीपीको बाटोमा हिडेको भए , आज यो अवस्था आउने थिएन । अब आउने अधिवेसनमा छलछाल , जालझेल गर्न सबैलाई पैताला मुनी राखेर मेलमिलाप र भातृत्वको भावना राखेर वीपीको सिद्धान्त र आर्दशहरुलाई आत्मासात गर्दै अगाडि बढ्नुपर्छ उहाँले भन्नुभयो । कार्यक्रमको सञ्चालिका वीपी विचार राष्ट्रिय समाज तनहँुको कोषाध्यक्ष चिनु पोख्रेल सबै सहभागी नेतृत्व   वर्गलाइ धन्यावाद दिदै कार्यक्रमलाई समापन गर्नुभयो ।

nema
Show More

Related Articles

Back to top button