समाचार

द्वन्द्वपीडित र मानव अधिकारकर्मीहरुद्वारा काठमाडौंमा प्रदर्शन

१६ वैशाख, काठमाडौैँ÷ द्वन्द्वपीडित समाज तथा मानवअधिकारकर्मीहरुले सत्य निरुपण तथा वेपत्तासम्बन्धी आयोग ऐन संशोधन गरेर मात्र आयोगमा पदाधिकारी नियुक्त गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका छन् । सरकारले दुवै आयोगमा पदाधिकारी चयन गर्न सिफारिस समिति बनाएर काम गरिरहेका बेला सोमवार द्वन्द्वपीडित र अधिकारकर्मीहरुले ऐन संशोधन गरेर मात्र पदाधिकारी नियुक्त गर्न माग गर्दै माइतीघर मण्डलामा एक घण्टा धर्नासमेत दिएका हुन ।
धर्नामा सहभागीहरुले ऐन संशोधन बिना आउने पदाधिकारीले द्वन्द्वको समाधान गर्न नसक्ने बताएका थिए । माओवादी युद्धका क्रममा राज्य र विद्रोही पक्षबाट पीडित भएकाहरुको संस्था द्वन्द्व पीडित साझा चौतारीले संक्रमणकालीन न्यायका सम्पूर्ण प्रक्रियामा पीडितलाई पनि सहभागी गराउन माग गर्दै यसअघि सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । विगतमा द्वन्द्वपीडितसँग परामर्श नगरी अघि बढ्दा दुवै आयोग असफल भएको दावी गर्दै चौतारीले पीडितलाई प्रत्यक्ष सहभागी गराउन माग गर्दै आएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button