समाचार

नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किदै

६ बैशाख, काठमाडौैँ÷ १९ बर्ष मुनिको आईसीसी एकदिवसीय विश्वकप एसिया छनोट खेल्न गएको नेपाली क्रिकेट टोली शुक्रबार स्वदेश फर्किदै छ । युनाइटेड अरब इमिरेट्ससँगको १ रनको हारपछि विश्वकप यात्रा तय गर्न नसकेको नेपाली टोली स्वदेश फर्किन लागेको हो ।
 
मलेशिया एयरलायन्सबाट टोली बेलुका ६ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ । नेपालले सबै खेलमा जित निकालेपनि युएईसंगको खेलमा वर्षा भएपछि डियल मेथडमा नेपाल १ रनले हारेको थियो । नेपालले पहिलो खेलमा सिंगापुरविरुद्ध २ सय १७ रनको फराकिलो जित निकाल्दा ओमानविरुद्ध १ सय ५० रन र मलेशियाविरुद्ध ८ विकेटको जित निकालेको थियो । घरेलु मैदानको अभ्यार र भारतको १५ दिने प्रशिक्षणपछि नेपाल मलेशिया पुगेको थियो ।

nema
Show More

Related Articles

Back to top button