समाचार

सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको नेता नेपालको आरोप

२७ माघ, हेटौंडा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता माधवकुमार नेपालले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार हेटौंडामा आयोजित कार्यक्रममा उनले सरकारले काम गर्न खोजे पनि कतै लरबरिएको जस्तो भान भएको बताएका हुन । सरकारको कमजोरी औल्याएर सुधारका लागि पार्टी सचिवालयमा गम्भीर छलफल हुने पनि नेता नेपालले बताए ।

नेता नेपालले दुई पार्टीबीच एकीकरणको सबै प्रक्रिया चाडै टुङ्गिने बताएका छन् ।

नेता नेपालले नेपाली कांग्रेस फ्रस्टेसनको शिकार भएको आरोप लगाए । नेपाली कांग्रेसले भ्रष्ट्राचार न्युनीकरण, सामजिक कुरितको विषयमा विरोध गर्नु राम्रो भए पनि विना कारणको माग राख्दै आन्दोलन गर्नुको कुनै तुक नभएको बताए ।

nema
Show More

Related Articles

Back to top button