breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको महासमिति बैठकमा बिहीबार संशोधित विधानको मस्यौदा पेश गरिने

४ पौष, काठमाडौैँ÷ काठमाडौंमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा ९बिहीबार० पार्टीको संशोधित विधानको मस्यौदा पेश गरिने भएको छ।
महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको समितिले तयार पारेको पार्टीको संघीय विधान मस्यौया बुधबार दिउँसो बस्ने केन्द्रीय कार्यसमितिमा छलफल गरी पारित गरेपछि मात्रै छपाइका लागि प्रेसमा पठाइने तयारी छ ।
विधान संशोधन मस्यौदा समितिका प्रवक्तासमेत रहेका कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकका अनुसार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा दिउँसो केन्द्रीय समिति बैठक डाकिएको छ।
सो बैठकमा मंगलबार सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेललगायत पदाधिकारी बैठकबाट भएको सहमतिका बुँदामाथि केन्द्रीय सदस्यले धारणा राख्ने बताइएको छ ।
सभापति देउवा समूहइतरका नेताहरूले पदाधिकारी संख्या वृद्धि गर्नुपर्ने र अधिवेशनबाट चुनिएर आउनु पर्ने अडान राखेपछि मंगलबार सकिने भनिएको महासमिति बैठक लम्बिएको छ।
सिंहदरबारअगाडि यगम्बर पार्टी प्यालेसमा हुने बैठक बिहिवारदेखि भने केन्द्रीय कार्यालय सानेपामा बस्दैछ। एक संस्थाले पहिला नै पार्टी प्यालेस बुकिङ गरेकाले कांग्रेस महासमिति बैठकस्थल सार्नु परेको हो।
कांग्रेसले पदाधिकारी संख्या आठ पुर्‍याएको छ। अधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री निर्वाचित भएर आउनुपर्छ।
निर्वाचित केन्द्रीय सदस्यलाई सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिले कोषाध्यक्ष मनोनित गर्न सक्ने विधानमा राख्ने सहमति नेताहरुबीच भएको हो। सभापतिले प्रवक्ता पनि मनोनित गर्न पाउँछन्। कांग्रेसमा यसअघि एक उपसभापति रहने विधान भए पनि विजयकुमार गच्छदारलाई राजनीतिक निर्णयबाट भन्दै उपसभापति नियुक्त गरेपछि उक्त निर्णयलाई वैधानिकता दिन पदाधिकारी संख्या थप्नुपर्ने बाध्यतामा देउवा थिए।
८५ जना रहेको केन्द्रीय कार्यसमिति बढाएर एक सय ६१ सदस्यीय पुर्‍याइएको छ। केन्द्रीय समितिमा प्रदेशबाट एक महिला अनिवार्य आउनुपर्नेसमेत विधानमा राखिएको छ।
बिहिबार पनि महासमिति बैठक जारी छ। बैठकमा राजनीतिक दस्तावेज र पार्टी संगठन सुधारका विषयमा महासमिति सदस्यले धारणा राखिरहेका छन्।

nema
Show More

Related Articles

Back to top button