समाचारनेपाली कांग्रेस

खानेपानी विधेयक ढिला आएको गगन थापाको आरोप,

नेपाली कांग्रेसका सांसद गगन थापाले खानेपानी तथा सरसफाई विेधेयक ढिला आएकोमा आपत्ति जनाएका छन्। बुधवार संसदमा खानेपानी मन्त्री बिना मगरले ुखानेपानी तथा सरसफाई विधेयक २०७६ माथि विचार गरियोस्ु भन्ने प्रस्तावमा बोल्दै थापाले संविधानलाई बेवास्ता गर्दै विधेयक ढिला आएकोप्रति आपत्ति जनाए ।
ुसंविधानको धारा ३५ को ४ मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीको हकको व्यवस्था गरिएको छ। संविधानको धारा ४७ मा तीन वर्षभित्रमा यो विधेयक पारित गर्नुपर्ने व्यवस्था छ।
सांसद थापाले सदनमा संसदले उठाएको कुरा बेवास्ता हुन्छ र जवाफ हुँदैन भने रिपोर्टर्स क्लबमा गएर बोल्नुमा फरक नहुने तर्क गरे।
यो विषय संविधानको पालनासँग जोडिएको उल्लेख गर्दै थापाले यसलाई मौलिक हकमा नराखिनु पनि गल्ती भएको बताए। ुकिन स्वास्थ्यको हक मुनि लगेर राखियो। यसलाई एेच्छिक बनाईयोरुु थापाले प्रश्न गरे।
थापाले विधेयक ल्याएको समय र प्रक्रियामै आफ्नो विरोध रहेको बताए।

nema
Show More

Related Articles

Back to top button