समाचारविश्व

एनआरएन यूकेको स्वागत पत्रकार महासंघ युकेको नयां कार्यसमितिलाई

लन्डन । गैर आवासीय नेपाली संघ यूकेले नेपाल पत्रकार महासंघ बेलायतको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ । १९ मे शनिबार सम्पन्न शाखाको चौंथो अधिवेशनबाट नरेश खपांगीमगरको अध्यक्षतामा सर्वसम्मत निर्वाचित नयां कार्यसमितिलाई सम्मान 
गरिएको हो ।अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमबीच शाखा अध्यक्ष खपांगीमगरसहित नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथी एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले (एमबीइ), एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी लगायतले विशेष सम्मान 
गर्दै कार्यकाल सफलताको शुभकामना दिए । उक्त अवसरमा संघले नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्य र महासचिव रमेश विष्टलाई पनि विशेष सम्मान र विदाइ गरयो ।कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष आचार्यले आफ्नो सम्मानप्रति आभार गर्दै बेलायत शाखाको नयां कार्यसमितिलाई शुभकामना दिए । शाखा अधिवेशनका क्रममा सतहमा आएका केही मत मतान्तरप्रति इंगित गर्दै अध्यक्ष आचार्यले हरेक व्यक्तिलाई बोल्ने अधिकार भएको र महासंघ पनि अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर संघर्ष गरिरहेको जनाए । ‘समस्या पत्रकार र समाज दुवैका छन्’, उनले थपे, ‘तर, पत्रकारिता जिम्मेवार पेशा भएकाले अब पत्रकारहरुमा पनि शुद्धीकरण आवश्यक भइसकेको छ ।’
उनले पत्रकार र समाजबीच सार्वजनिक सुनुवाइ राखेर गल्ती कमजोरी भए सच्याउन आव्हान गरे । ‘हामी आफैंले आफैंलाई नियन्त्रण र व्यवसायिक बनाउन आचार संहिता र निर्देशिका कार्यान्वयनमा लागिरहेका छौं’, उनले अगाडि भने, ‘कानुनको मस्यौदा पनि महासंघ आफैंले बनाएर सरकारलाई दिन लागिरहेको छ । मिडिया हाउसलाई मिडिया गाइडलाइन दिएको छ ।’ उनले महासंघले एनआरएनए नागरिकता निरन्तरता अभियानमा साथ दिइरहेको पनि स्मरण गरे ।

महासचिव विष्टले पत्रकार महासंघ नागरिकको आवाज बोल्ने संस्थाका रुपमा स्थापित र ठूलो सञ्जालका रुपमा विश्वभर विस्तारित भएको जनाए । पत्रकारहरु स्वार्थबाट प्रेरित र बाटो बिराए चौंथो अंगका रुपमा सम्मान नपाइने उल्लेख गर्दै विष्टले पत्रकारहरुले समाजकै मन जित्न र विश्वास आर्जन गर्न सक्नुपर्नेमा जोड दिए । मुलुक अब राजनीतिक संक्रमण सकिएर आर्थिक समृद्धिको बाटोमा लागिरहेको जनाउंदै विष्टले राष्ट्र बनाउन रचनात्मक पत्रकारिताको खांचो औंल्याए । उनले पत्रकारहरुको आचरण र व्यवहार सुधार्न आवश्यक रहेको पनि बताए ।
शाखा अध्यक्ष नरेश खपांगीमगरले आन्तरिक लोकतन्त्रको अभ्यासस्वरुप निर्वाचनसम्म संस्थाभित्र केही मतान्तर देखिएपनि अब शाखा एकतावद्ध र एक ढिक्का भएर अघि बढेको जनाए । उनले एनआरएनए यूकेको सम्मानले थप जिम्मेवारी थपिएको बताउंदै शाखा एनआरएनए यूकेसंग विगतमा जस्तै सहकार्य गर्न तत्पर रहेको बताए । आफ्नो नेतृत्व समुदाय र पत्रकारबीच अन्तर हटाउन निरन्तर लागिरहेको जनाउंदै खपांगीले पत्रकारहरुलाई समुदायमा बढि घुलमिल गराउन आफ्नो प्रयास जारी रहने पनि बताए । ‘हाम्रो पेशा त्रुटीमुक्त कहिल्यै हुन सक्दैन, तर हामी त्रुटी कम 
गर्ने र सच्याउने प्रयासमा सधैं कटिवद्ध रहनेछौं’, खपांगीले भने, ‘समुदायबाट पनि हामीलाई सुझाव सल्लाह र मार्गदर्शनको 
खांचो छ ।’
कार्यक्रमका प्रमुख अतिथी एनआरएनए यूके प्रमुख संरक्षक मेजर रिटायर्ड डमर घले (एमबीइ) र एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले पत्रकारहरुको नयां नेतृत्वलाई शुभकामना दिंदै आपसी सहकार्यको अपेक्षा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष ध्रुवराज अर्याल, महासचिव सञ्जयभक्त कंडेल, एनआरएनए आइसीसी सदस्यहरु रामशरण सिम्खडा, शान्ति थापा कुंवर र 
कुमारी गुरुङ, एनआरएनए यूके पूर्व अध्यक्ष योगेन क्षेत्री, पत्रकारहरु विपिन निरौला, विश्वासदीप तिगेला, वाचस्पति रेग्मी, एनआरएनए यूके उपाध्यक्षद्वय प्रेमगाहा मगर र पुनम गुरुङ, उपमहासचिव विनय अधिकारी, सल्लाहकारहरु थर्क सेन, शिवजी श्रेष्ठ लगायतले नयां कार्यसमितिलाई शुभकामना दिए । वक्ताहरुले एनआरएन र पत्रकारबीच सुमधुर सम्वन्ध रहने विश्वास समेत व्यक्त गरे ।
कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शेर सुनारले स्वागत र लगानी विभाग प्रमुख एवं सदस्य गंगा रानाले धन्यवाद मन्तव्य दिएका थिए । कार्यक्रम सञ्चालन महासचिव आर के त्रिपाठीले गरेका थिए । त्रिपाठीले महासंघ केन्द्रिय अध्यक्ष आचार्य र महासचिव विष्टलाई नागरिकता निरन्तरता र गोर्खा आन्दोलनमा साथ दिन अपिल गर्दै उनीहरुलाई गुडवील एम्बेसेडर घोषणा गरे ।
nema
Show More

Related Articles

Check Also
Close
Back to top button