breakingसमाचार

पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न सकेन ः कांग्रेस नेता शेखर कोइराला

२५ फागुन, काठमाडौैँ÷ नेपाली कांग्रेसका नेता डा .शेखर कोइरालाले पार्टीले प्रतिपक्षको भूमिका राम्ररी खेल्न नसकेको स्वीकार गर्नुभएको छ । उहाँले वर्तमान सरकारले गरेका भ्रष्टाचार, अनियमितताका विषयलाई प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसले सन्तोषजनक भूमिका देखाउन नसकेको टिप्पणी गर्नुभएको हो ।
प्रेस युनियन सिरहाले आज लहानमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले कांग्रेसले सडक र संसदमा प्रतिपक्षको भूमिका खेल्न नसक्दा वर्तमान सरकारले गरेका भ्रष्टाचार र अनियमितताबारे जनताले राम्ररी थाहा पाउन नसकेको उहाँको भनाई थियो ।
नेता कोइरालाले वैचारिक गुट भन्दा पनि व्यतिmगत गुटहरुले पार्टीका लागि राम्रो नगर्ने बताउनुभयो । महाधिवेशनको संघारमा विभाग बनाउनुको औचित्य नभएको भन्दैँ उहाँले अहिले विभाग बनाउँदा त्यसले .कांग्रेसलाई उर्जा प्रदान नगर्ने दाबी गर्नुभयो ।
अहिलेको नेतृत्वबाट कांग्रेस चल्न नसक्ने जिकिर गर्दै नेता कोइरालाले पार्टीलाई पुरानै अवस्थामा फर्काउन गलत प्रवृतीलाई हटाउनुपर्नेमा जोड दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button