समाचार

विषादी परीक्षण आफैंमाथि नाकाबन्दी जस्तै भएको उद्योग मन्त्री मन्त्री यादवको ठहर

२३ असार, काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले कृषि मन्त्रालयसँग भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने क्षमता नै नभएको दाबी गरेका छन् । भारतीय दबावमा निर्णय फिर्ता नलिएको भन्दै उनले हावाको भरमा उनफ्रिन सांसदहरुलाई आग्रह गरे ।
राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री यादवले अहिलेको अवस्थामा विषादी परीक्षण गर्नु आफैंमाथि नाकाबन्दी लगाउनु सरह हुने उल्लेख गरे । कृषि मन्त्रालयको क्षमता नहेरी विषादी परीक्षण गर्ने निर्णय गर्नु आफ्नो कमजोरी भएको उनले बताए ।
यस अघि सांसदहरुले भारतबाट आयात हुने तरकारी लगायतका कृषिजन्य वस्तुहरुको सरकारले किन परिक्षण गर्न नसकेको भन्दै प्रश्न उठाएका थिए । नेपाली काँगे्रसकी राष्ट्रियसभा सदस्य सरिता प्रसाईले विषादी परिक्षण गर्न सरकार किन असफल भएको भन्दै प्रश्न उठाएकी थिइन ।

nema
Show More

Related Articles

Back to top button