समाचार

जंगली च्याउ खाँदा पाल्पामा २ जनाको ज्यान गयो

२६ जेष्ठ, पाल्पा÷ पाल्पामा जंगली च्याउ खाँदा दुई जनाको ज्यान गएको छ । विषादी च्याउ खाँदा ९ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाएर बिरामी भएका निस्दी गाउँपालिका–३, झिरुवासको सार्कीडाँडाकी ९ वर्षीया निर्मला सिंह ठकुरी र चार वर्षीय विष्णुसिंह ठकुरीको मृत्यु भएको हो । उनीहरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी विश्वमणी पोखरेलले जानकारी दिए ।
मृत्यु हुने र बिरामी पर्नेहरु सार्कीडाँडाका तीन परिवारका हुन् । च्याउ खाएर ४५ वर्षीय पुरन खाम्चा, उनकी श्रीमती ४० वर्षीय चन्द्री खाम्चा, १५ वर्षीय छोरी निर्मला खाम्चा, ८१ वर्षीय प्रेमबहादुर सिंह ठकुरी, ३० वर्षीय दानकुमारी सिंह, सात वर्षीय सुमन सिंह, धनकुमारी सिंह र निरुता सिंह ठकुरी बिरामी परेको वडाध्यक्ष लक्ष्मीप्रसाद पाटामगरले बतँए । बिरामीहरुको नवलपुरस्थित मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार बेलुकी च्याउ खाएका उनीहरुमा वान्ता हुने, बेहोस हुने, अत्तालिने समस्या देखेपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button