समाचारनेपाली कांग्रेस

चन्द समूहलाई वार्तामा ल्याउन सरकारलाई काँगे्रसको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारलाई सुझाव दिएका छन् ।
नेपाल तरुण दलले सोमवार राजधानी काठमाडौंमा गरेको कार्यक्रममा कांग्रेस नेता खाँडले चन्द समूहलाई वार्तामा ल्याउने वातावरण बनाउन सरकारलाई सुझाव दिए ।
उनले वार्ताको वातावरण बनाउन सरकार लचिलो हुनुपर्ने र चन्द समूह पनि आफ्ना अडान त्याग गरेर सहमतिमा आउनुपर्ने बताए ।
नेता खाँणले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले सधैं वार्ता र सहमतिमा जोड दिने उल्लेख गरे ।
विध्वसंबाट मुलुक र स्वयम् विप्लव समूहलाई नै क्षति पुग्ने भएकाले सहमतिको विकल्प नभएको उनको भनाइ थियो ।
खाँणले सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयकको समेत विरोध गरे । विधेयक फिर्ता नभए मुठभेडको स्थिति सिर्जना हुने खाँणको चेतावनी छ ।

nema
Show More

Related Articles

Back to top button