समाचार

नेविसंघको विवाद टुंगिँने संकेत

काठमाडौं । नेपाली काँगे्रसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद टुंगो लाग्ने भएको छ । जारी केन्द्रीय कार्यसमिति बैठकले भगिनी संस्थाको विवाद टुंगो लगाउन लागेको हो ।
गत वर्ष नै सकिएको नेविसंघको कार्यकालमा वर्ष विवादले गर्दा अलमल भएको थियो । अब ३२ वर्ष उमेरभित्रै रहेर तदर्थ समिति बनाउन सभापति शेरबहादुर देउवा तयार भएपछि नेविसंघ विवाद समाधानतिर पुगेको हो ।
देउवा पहिले आफ्नो पक्षको विद्यार्थी नेता नआउने चिन्तामा उमेर समूहमा जान मानिरहेका थिएनन् । अब भने आफ्नै पक्षको नेता पाएपछि उनी ३२ वर्षभित्रकै उमेर समूहको तदर्थ समिति बनाउन सहमत देखिएको बताइएको छ ।
तदर्थ समिति बनाएपछि उसैले नै चुनाव गराउने भएको हो । तर यसअघि पनि चुनावका लागि देउवाले पटक पटक समय दिए पनि चुनाव भने गराउन सकेको थिएन ।
नेविसंघको विवाद समाधान नभएकैले गर्दा वर्षौंदेखि शिक्षण संस्थाहरुमा स्ववियु निर्वाचनसमेत हुन सकेको छैन ।
भ्रातृ संस्थाहरुको विवाद र महाधिवेशन गर्ने मिति सकिएपछि तदर्थवादमै चलिरहेका छन् । केहीको निर्वाचन तत्काल गर्नुपर्नेछ ।
तरुण दलको पनि भदौमा म्याद सकिँदैछ । काँग्रेसभित्र भ्रातृ संस्थाहरुलाई सशक्त बनाएर अगाडि नबढेसम्म पार्टी बलियो नहुने भन्दै चर्को दवाव आउने गरे पनि देउवा भने सुस्ताउँदै गएका छन् ।

nema
Show More

Related Articles

Back to top button