breakingसमाचार

विजयादशमी शुभ दीपावली लगातका चाडपर्वको अवसरमा वीपी विचार राष्ट्रिय समाजले दियो शुभकामना

काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजले नेपालीको महान पर्व विजयादशमी,शुभ दीपावली लगायतका चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गरेको छ । राष्ट्रिय समाजको सभापति कुल बहादुर गुरुङको अध्यक्षतामा बिहिवार बसेको केन्द्रीय समिति बैठकले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छट्पर्व २०७६ को अवसरमा शुभकामना ब्यक्त गरेको हो ।
शुभकामना सन्देशमा बीपी विचार राष्ट्रिय समाजका केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, प्रदेश समितिका पधाधिकारी तथा सदस्यहरू, बीपी विचार राष्ट्रिय समाजका विभिन्न विभागका पदाधिकारी तथा सदस्यहरू, विदेश स्थित विभिन्न देशमा रहनुहुने बीपी विचार राष्ट्रिय समाजका विभिन्न समितिका पदाधिकारी तथा सदस्यहरू, जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, स्थानीयतहका पदाधिकारी तथा सदस्यहरू, देशविदेशमा रहनुहुने बीपी विचार राष्ट्रिय समाजका शुभचिन्तकहरूको साथै देशविदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय महासचिव विनयध्वज चन्दले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button