समाचारविश्व

जिम्बाबेका राष्ट्रपतिमाथि बम आक्रमण

१० आषाढ , काठमाडौैँ ÷ जिम्बाब्वेका राष्ट्रपति एमरसन मनाङगाग्वालाई लक्षित बम आक्रमण भएको छ । जिम्बाबेको बुलवायो शहरस्थित ह्वाइट सिटी रंगशालामा भएको ¥यालीमा आफ्ना समर्थकलाई सम्बोधन गरेर निस्कँदै गर्दा राष्ट्रपति लक्षित गर्दै बम विस्फोट भएको हो ।
आक्रमणमा उपराष्ट्रपति केम्बो मोहादीको खुट्टामा सामान्य चोट लागेपनि राष्ट्रपति मनाङगाग्वा भने सुरक्षित रहेको अन्तर्राष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् ।
आक्रमणबाट केही वरिष्ठ सरकारी अधिकारीहरु पनि घाइते भएको बिबीसीले उल्लेख गरको छ । आक्रमणपछि राष्ट्रपतिका प्रवक्ताले विज्ञप्ति जारी गर्दै विगत पाँच वर्षमा राष्ट्रपतिको ज्यान लिने प्रयासहरू पटकपटक भएको बताएका छन् ।

nema
Show More

Related Articles

Back to top button