breakingनेपाली कांग्रेस

कांग्रेसमा केन्द्रीय समितिको निर्णय सच्याउन माग गदै सभापति विरुद्धको समूह एकजुट

काठमाडौं ÷ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेको भन्दै देवाविरुद्ध खडा भएको ‘समूह सक्रिए भएको छ । सभापतिको एकलौटी निर्णयविरुद्ध उभिनका लागि देउवाविरुद्धको शक्ति एक ठाउँमा जम्मा भएको हो ।

सभापति देउवाले महासमितिबाट पारित भएको विधानलाई केन्द्रीय समितिबाट उल्टाएपछि हच्किएको असन्तुष्ट समूह यसको विरोधमा उत्रिन साझा धारणा तय गर्न निरन्तर छलफलमा छ।

देउवाविरुद्ध खडा भएको उक्त समूहले मंगलबार र बुधबार लगातार छलफल गरेको छ। पार्टी नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा बसेको बैठकले देउवाविरुद्ध शसक्त प्रतिकार गर्ने रणनीति तय गरेको छ । पछिल्लो समय देउवाले निरन्तर बहुमतबाट निर्णय गर्न थालेको भन्दै यो समूहले विभिन्न निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्दै आएको छ।

केन्द्रीय समिति बैठक अनिश्चितका लका लागि स्थगित भएको समयमा बैठक बसेपछि कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्न यो समूह निरन्तर छलफलमा जुटेको हो। यसअघि अनुशासन समिति गठनमा देउवाले एकलौटी गर्न खोजेको भन्दै असन्तुष्ट समूहले बैठक बहिष्कार गरेको थियो।

अनुसाशन समिति, निर्वाचन समिति र अन्य विवादहरू पार्टी सभापतिले सहमतिका आधारमा टुंगो लगाउनुपर्ने बैठकको निष्कर्ष छ।

यस्तै, महासमितिबाट उठाएका विषयलाई केन्द्रीय समितिले बेवास्था गर्नु गम्भीर भएको बैठकको निष्कर्ष छ।

मंगलबार मात्रै जिल्ला सभापतिहरूले निर्णय सच्याए विशेष महाधिवेशनको पहल थाल्ने भन्दै विज्ञप्ति निकालेका थिए।

संस्थापनइतर समूहले पार्टी एक बनाउन अल्पमत र बहुमतको खेलमा अल्झनु नहुने तर्क गरेको छ।

nema
Show More

Related Articles

Back to top button