समाचार

एकैदिन तीन बालबिबाह रद्ध

१० आषाढ काठमाडौैँ÷ रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा एकैदिन तीनवटा बाल विवाह रद्द भएका छन् । विवाहको तयारी भइरहेका बेला बाल सञ्जाल समिति र बाल संरक्षण समितिको पहलमा प्रहरीले शनिवार विवाह रद्द गराएको हो । त्रिवेणी गाउँपालिका–९ का २० वर्षीय किशोर र सानीभेरी गाउँपालिका–८ कि १७ वर्षीया किशोरी, त्रिवेणी गाउँपालिका–९ का १९ वर्षीय किशोर र सल्यान दार्मा गाउँपालिका–३ की १७ वर्षीया किशोरीका बीचमा हुन लागेको बालविवाह रद्द भएको हो ।
चौरजहारी नगरपालिका–१४ का १९ वर्षीय किशोर र सानीभेरी गाउँपालिका–२ की १७ वर्षीया किशोरीबीच हुन लागेको विवाहलाई पनि रद्द गरिएको छ । उमेर नपुगी भएको विवाहलाई रद्द गरेर बालबालिकालाई आ–आफ्नो अभिभावकको जिम्मा लगाइएको छ ।

nema
Show More

Related Articles

Back to top button