समाचार

सिन्धुलीमा उइनर दुर्घटना हुँदा ११ जना घाइते

१३ असार , सिन्धुली ÷ सिन्धुलीको गोलन्जोर गाउँपालिका छब्बीस किलोमा उइनर गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाण्डौं गईरहेको ना१ज ५३०१ नम्बरको विजयकिल्ला यातायातको उइनर ब्रेक फेलभई शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते दुई जनालाई हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौं ल्याइएको छ । गम्भीर घाइते कमलामाई नगरपालिका ४ की सैलिना श्रेष्ठ र उनका छोरा युवन श्रेष्ठलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पछी सिम्रीक यअरबाट हेलिकप्टर मार्फत काठमाण्डौं फठाइएको हो । दुर्घटनामा घाइते हुनेहरु सबै कमलामाई नगरपालिकाकै रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको सिन्धुली र खुर्कोटका अस्पतालहरुका उपचार भैरहेको छ । ब्रेक फेल भएपछि उक्त गाडी नालामा पल्टीएको थियो । दुर्घटनापछि गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

nema
Show More

Related Articles

Back to top button