समाचार

सभामुख चयनका लागि आज उमेदवारी दर्ता हुँदै

७ माघ, काठमाडौैँ÷ प्रतिनिधि सभामा सभामुख चयनका लागि आज उमेदवारी दर्ता हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने कार्यसुची रहेको संसद सचिवलायका महासचिव मनोहर प्रसाद भट्टाराईले जानकारी दिनुभयो ।
आजै दिउँसो साढे २ बजे संसद भवनको लोत्से हलमा उमेदवारको दर्ता क्रमअनुसार सुची प्रकाशन गरिनेछ । त्यसपछि माघ १२ गते दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा बैठकले सभामुख निर्वाचित गर्नेछ । जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा हिजो बसेको संसद बैठकले सभामुख निर्वाचन कार्यक्रम सार्वजनिक गरेको थियो । संसदको ठूलो दल नेकपाका तर्फबाट सभामुखमा अग्नी सापकोटालाई उमेदवार बनाउने निर्णय भैसकेको छ ।
नेपाली काँगे्रसले पनि सभामुखमा उमेद्वारी दिने नदिने भन्ने बारेमा निर्णय गर्न संसदीय दलको बैठक बोलाएको छ । काँगे्रसबाट प्रमुख सचेतकमा पुष्पा भुसालको उमेदवारी आउन सक्ने प्रचारबाजी भएको थियो ।

nema
Show More

Related Articles

Back to top button