breakingसमाचार

वीपी विचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर १ को सभापतिमा खड्का निर्विरोध चयन

१२ माघ, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाज क्षेत्रीय कार्यसमिति क्षेत्र नंवर १ कैलालीको सभापतिमा फेरि पनि गोरबहादुर खड्का निर्विरोध चयन हुनुभएको छ । २०७६ माघ ११ गते सम्पन्न प्रथम क्षेत्रीय चुनावी साधारण सभामा खड्कालाई निर्विरोध चयन गरिएको हो । अन्य कार्यसमितिको विस्तार पछि गर्ने गरि खड्कालाई जिम्मेवारी दिइएको छ ।
समाजका क्षेत्रीय सभापति गोरबहादुर खड्काको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतितिमा वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय महासचिव विनयध्वज चन्द रहनुभएको थियो । कार्यक्रमको अतिथिहरुमा नेपाली काँगे्रसका पूर्व केन्द्रीय सदस्य चन्द्रसिँह भट्टराई, वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सदस्य गंगाबहादुर कुँवर, समाजका केन्द्रीय सदस्य एवं सुदुरपश्चिमका सभापति विरबहादुर हमाल,वीपी विचार राष्ट्रिय समाज कैलालीका सभापति जीवन श्रेष्ठ, नेपाली काँगे्रसका नेता जंग बहादुर साउद, नेपाली काँगे्रस कैलाली क्षेत्र नंवर १ का सभापति भुवनेश्वर अधिकारी रहनुभएको थियो ।
कार्यक्रममा वीपी विचार राष्ट्रिय समाज क्षेत्र नंवर १ का उपसभापति नेत्र बहादुर रावलले स्वागत मन्तब्य राख्नुभएको थियो ।
कोषाध्यक्ष गणेश बहादुर खड्काले आयब्यय विवरण प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन वीवी विचार राष्ट्रिय समाजका आजिवन सदस्य हर्क बहादुर रावलले गर्नुभएको बताइएको छ । कार्यक्रमका सहभागीहरुले नेपाली काँगे्रसलाई बलियो बनाउन वीपी कोइरालाले अमलम्बन गरेको नीति तथा सिद्धान्तलाई पार्टीले अबलम्बन गर्नुपर्नेमा जोड दिएका थिए ।

nema
Show More

Related Articles

Back to top button