breakingसमाचार

थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५४८ पुग्यो

१० जेठ,काठमाडौैँ
नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही र काठमाडौंमा संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जनामा संक्रमण देखिएको छ ।
संक्रमितमध्ये ७ पुरुष र एक महिला रहेका छन् । सर्लाहीमा भेटिएका १३ जना संक्रमित सबै पुरुष रहेको मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यस्तै काठमाडौका ३५ वर्षीय पुरुष र बाराको ३७ वर्षीय महिलामा गरिएको परिक्षणमा पनि कोरोना पोजिटीभ देखिएको छ ।
त्यसैगरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा ८ जनामा संक्रमण देखिएको छ । उनीहरु सबै पुरुष मन्त्रालयले जनाएको छ । भरतपुर अस्पताल कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा ५२ वर्षीय एक पुरुषमा संक्रमण पुष्टी भएको हो । हालसम्म देशभरका संक्रमितमध्ये ७० जना भने उपचारपछि निको भएर घर फर्किएका छन् ।

nema
Show More

Related Articles

Back to top button