समाचारसमाज

निजगढ अन्तराष्ट्रिय विमानस्थलमा नीजि लगानी ल्याउने सरकारको तयारी

२९, साउन काठमाडौौ÷सरकारले निजगढमा बन्ने अन्तर्रा्ष्ट्रिय विमानस्थलमा निजी क्षत्रेको लगानी ल्याउन प्रारम्भिक गृहकार्य सुरु गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले निजगढ विमानस्थलमा निजी लगानी ल्याउन प्रयत्न सुरु गरेको बताउनुभयो ।
आज संसदको अर्थ समिति बैठकमा मन्त्री खतिवडाले ठूला आयोजनाहरुमा निजी क्षत्रेको लगानी आवश्यक रहेको भन्दै अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको विभिन्न मोडालिटी विकल्पमा निजी क्षेत्रको सहभागिता पनि एक रहेको उल्लेख गर्नुभयो । विमानस्थल सरकारी(निजी साझेदारी र इन्जिनियरिङ प्रोक्योरमेन्ट कन्सट्रक्सनमध्ये कुन मोडालिटीमा निर्माण गर्ने भन्ने अन्योल छ । अब यसबारे सरकारले छलफल अघि बढाएको पाइएको छ । दातृ निकायबाट लिइने सहायताले सरकारलाई दायित्व थप्ने भएकाले निजी क्षेत्रलाई सहभागी गराएरै ठूला आयोजना बनाउन सरकारले जोड दिने तयारी गरेको छ ।

nema
Show More

Related Articles

Back to top button