breakingसमाचार

लिपुलेक सहित नेपाली भूभाग समेटिएको नेपाली नक्सा सार्वजनिक

७ जेठ, काठमाडौैँ
सरकारले आज लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गरेको छ । गत सोमबार मन्त्रिपरिषदको बैठकबाट पारित भएको उक्त अद्यावधिक नक्सा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्य्मा अर्यालले आज सार्वजनिक गर्नुभएको हो । नक्सा सार्वजनिक गदै मन्त्री अर्यालले आगामी दिनमा मित्रराष्ट्र भारतसँग दुईपक्षिय वार्ता र कुटनीतिक पहल मार्फत समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।
नेपाल निर्माणको २५० वर्षमा धेरै अबरोह झेलेको बताउँदै उहाँले जस्तोसुकै अवरोध भए पनि अब नझुक्ने बताउनुभयो । नयाँ संस्करणको नक्सा छिट्टै प्रशासनीक तथा एवं पाठय पुस्तकहरुमा प्रकाशन गर्न उहाँले सबैमा अपिल गर्नुभयो । मुख्य सचिव लोकदर्शन रेग्मीले नेपालको नयाँ राजनीतिक नक्सा प्रमाणीकरण गर्नुभएको थियो ।
 
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल साविकको भन्दा ३३५ वर्गकिलोमिटर थप भएको छ । उक्त भू–भागसँगै नक्सामा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम भएको छ ।

nema
Show More

Related Articles

Back to top button