समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र

काठमाण्डौ ÷ नेपाल क्रिकेट संघ(क्यान)ले ज्ञानेन्द्र मल्ललाई राष्ट्रिय टिमको कप्तान नियुक्त गरेको छ । पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि उपकप्तान रहेका ज्ञानेन्द्र मल्ललाई कप्तानमा नियुक्त गरिएको हो ।
अर्को निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिइएको क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । गएको असोज २८ गते पारसले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए । संक्रमणकालीन समय भएकाले अर्को निर्णय नहुन्जेल ज्ञानेन्द्रलाई कप्तान तोेकेको संघका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका हुन्। तत्काल हुन लागेको एमसीसीविरुद्धको सिरिज र अर्को निर्णय नहुँदासम्म उनले नेपाली टिमको कप्तानी गर्नेछन् । नेपालले घरेलु मैदानमा एमसीसीसँग टी–२०, एक दिवसीय र दुई दिवसीय सिरिज खेल्नेछ । त्यसका लागि एमसीसी टिम नोभेम्बर एक तारिखमा नेपाल कार्यक्रम तय भएको छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button