समाचार

स्रोत नखुलेको ५७ लाख नेपाली रुपैयाँसहित एक भारतीय प्रहरी नियन्त्रणमा

काठमाडौं– प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार रुपैयाँ सहित एक जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको बताए ।
बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट रकम बरामद गरिएको हो ।
उनलाई पक्राउ गरी बरामद नगद रूपैया सहित आवश्यक छानबिन एवं कारवाहीको लागी सम्पती शुद्धिकरण अनुसन्धान विभाग पुल्चोक ललितपुरमा पठाइएको भट्टराईले जानकारी दिए ।

nema
Show More

Related Articles

Back to top button