समाचार

सुनचाँदीको मूल्य बढ्यो

दशैंपछि लगातार घटिरहेको सुनको मूल्य मंगलबार भने उकालो लागेको छ । मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।
त्यसैगरी मंगलबार तेजावी सुन प्रतितोला ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा र तेजावी सुन ६९ हजार ७०० रुपैयाँमा किनवेच भएको थियो ।
यसअघि भदौ १८ गते सुन मूल्य ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य नेपालको इतिहाँसमै सबैभन्दा उच्च हो ।
मंगलबार सुनसँगै चाँदीको मूल्य पनि उकालो लागेको छ । यसदिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

nema
Show More

Related Articles

Back to top button