समाचार

विदेशी ज्वाइँलाई नागरिकता दिन नसकिने गृहसचिव राईको भनाई

सरकारले तत्काल विदेशी ज्वाइँलाई नागरिकता दिने निर्णय गर्न नसकिने स्पष्ट पारेको छ ।
नागरिकता विधेयकमाथि छलफल गरिरहेको राज्य व्यवस्था तथा सुशासन समितिमा विदेशी ज्वाइँको नागरिकताबारे बहस भएको छ । नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले तत्काल नागरिकता पाउने तर नेपाली महिलाले विदेशी पुरुषसँत बिहे गर्दा नागरिकता नपाउने व्यवस्था विभेदकारी भएको महिला सांसदहरुको तर्क छ ।
तर समितिको बैठकमा गृहसचिव प्रेमकुमार राईले विदेशी ज्वाइँलाई नागरिकता दिनेबारे तत्काल कुनै निर्णय गर्न नसक्ने उल्लेख गरेका हुन्। विदेशी ज्वाइँलाई नागरिकता दिँदा कस्तो असर पर्छ भनेर अध्ययन गर्नपर्नु र यसका लागि ३÷ ४ वर्ष समय लाग्ने उनले बताए ।
यद्यपि संसदीय समिति आफ्नो निर्णय गर्न स्वतन्त्र रहेको गृहसचिव राईले स्पष्ट पारेका छन् ।

nema
Show More

Related Articles

Back to top button