समाचार

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

३० साउन, काठमाडौं । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
जिल्ला अदालतले पूर्वसहकर्मी पत्रकार सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।
लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले ब्यापक प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि समेत माग गरेका छन् ।
भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।
बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।

nema
Show More

Related Articles

Back to top button