समाचारनेपाली कांग्रेस

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको समुपस्थितिमा, मकवानपुर जिल्ला सभापति एवं जिल्ला सभापतिहरुको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर वानियाँको अध्यक्षतामा आज बसेको विशेष बैठकले आगामी २०७५ साल आषाढ ५, ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा हुन लागेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले संचालन गर्न स्थानीय स्तरमा विभिन्न समितिहरु गठन गरेको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता विश्वप्रकाश शर्माको समुपस्थितिमा, मकवानपुर जिल्ला सभापति एवं जिल्ला सभापतिहरुको राष्ट्रिय भेला स्थानीय व्यवस्थापन समितिका संयोजक इन्द्रबहादुर वानियाँको अध्यक्षतामा आज बसेको विशेष बैठकले आगामी २०७५ साल आषाढ ५, ६ र ७ गते मकवानपुर जिल्लाको हेटौडामा हुन लागेको जिल्ला सभापतिहरुको राष्ट्रिय भेलालाई व्यवस्थित ढंगले संचालन गर्न स्थानीय स्तरमा विभिन्न समितिहरु गठन गरेको छ । आज गठन गरिएका निम्न ९ वटा समिति र उक्त समितिका संयोजकहरु यस प्रकार रहेका छन् ।
स्थानीय स्तरमा गठित विभिन्न समितिहरू
१.  प्रचार समिति ः प्रदीप कोइराला
२.  सांस्कृतिक एवं अतिथि समन्वय ः आनन्द पराजुली
३.  मञ्च व्यवस्थापन ः गोपीलाल विश्वकर्मा
४.  स्वयंसेवक ः अर्जुन तिवारी
५.  सचिवालय एवं मिडिया सेन्टर संयोजन ः वुद्ध लामा
६.  स्वास्थ्य समिति ः राजीव सुवेदी
७.  आवास व्यवस्थापन ः भरत पराजुली
८.  खाद्यान्न प्रबन्ध ः रामबाबु बानियाँ
९. प्रदेश संयोजन ः विष्णुप्रसाद लामिछाने
आजको विशेष बैठकसँगै जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको स्थानीय तयारीको कार्य प्रारम्भ भएको छ । उद्घाटन समारोह एवं बन्द सत्रका सम्पूर्ण कार्यक्रमहरु स्थानीय पलपसा हलमा हुने निश्चित पनि भएको छ ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
nema
Show More

Related Articles

Back to top button