समाचार

दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउन प्रधानमन्त्री ओलीद्धारा मोदीलाई सुझाव

काठमाडौं, माघ ७ । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई दुई देशबीच थाँती रहेका मुद्दा पनि सुल्झाउने समय आएको बताउनुभएको छ ।
विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मित्रताका आधारमा काम गर्यौं भने दुई पक्षीय सम्बन्ध थप उचाइमा लैजान सकिने विश्वास ब्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाउने बेला आएको पनि समकक्षी मोदीलाई बताउनुभएको थियो । प्रधानमन्त्री ओलीले मोदीलाई नेपाल भ्रमणका लागि समेत निम्तो दिनुभएको छ ।
विराटनगरमा निर्माण सकिएको एकिकृत चेकपोस्ट र गोरखा र नुवाकोटमा बनेका ५० हजार घर हस्तान्तरण गर्न मंगलबार बिहान प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भिडिओ कन्फेरेन्स भएको हो ।

nema
Show More

Related Articles

Back to top button