समाचार

निजामती सेवाका कर्मचारीको संख्या घटाउने तयारी

६ असोज, काठमाडौैँ÷ सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौति गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौति गर्न लागिएको बताएका हुन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले लगानी भए पनि प्रतिफल नभएकाले निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको स्पष्ट पारे । मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । निजामती कर्मचारीको संख्या बढद्ै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाइ छ ।

nema
Show More

Related Articles

Back to top button