breakingसमाचार

उपनिर्वाचनमा पार्टीका उमेद्वार चयनका लागि कांग्रेसको गृहकार्य तिब्र

६ कात्तिक, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवार चयनका लागि गृहकार्य तिव्र बनाएको छ । मंगलबार पदाधीकारी बैठक बोलाएर यस बिषयमा छलफल गरेको कागे्रसले आज बुधवार पनि पदाधीकारी बैठक बोलाएको छ ।
दिउँसो तिन बजे पछि बस्ने पदाधीकारी बैठकले बिहिबारबाट सुरु हुने केन्द्रीय समितिमा छलफल हुने कार्यसूची पनि तय गर्ने कागे्रस प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए । काङ्ग्रेसले केन्द्रीय समिति बैठकबाट उपनिर्वाचनमा पार्टीको उम्मेदवार टुङ्गो लगाउने र अन्य तयारीका बिषयमा छलफल गर्ने तयारी गरेको छ । मंसिर १४ मा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५२ पदका लागि उपनिर्वाचन हुँदै छ । त्यसका लागि कागे्रसले निर्वाचन हुने सम्बन्धित क्षेत्रमा तीन–तीन जनाको नाम सिफारिस गर्न निर्देशन दिइसकेको छ । सोही सिफारिसका आधारमा उम्मेद्वारको अन्तिम टुंगो लगाइने प्रवक्ता शर्माले जानकारी दिए । अधिकांश क्षेत्रबाट उम्मेद्वाहरुको नाम प्राप्त भइसकेको र केन्द्रीय समिति बैठकबाट निर्णय गराएर उम्मेदवार तय गर्ने शर्माको भनाई छ ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button