समाचारनेपाली कांग्रेस

काँगे्रस संसदीय दलको बैठक बस्दै ः सभामुखमा उमेद्वारी दिने नदिने निर्णय हुने

७ माघ, काठमाडौैँ÷ सभामुख पदमा उमेदवारी दिने नदिनेबारे निर्णय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । उपसभामुख आफूले पाए सभामुख पदका लागि उम्मेदवारी नदिने कांग्रेसको तयारी छ ।
संविधानमै सभामुख र उपसभामुख फरक–फरक पार्टी र फरक लिंगको हुनुपर्ने उल्लेख भएअनुसार कांग्रेसले उपसभामुखमा आफ्नो दललाई समर्थन मिलेमा सभामुखमा नेकपालाई सघाउने रणनिति लिएको हो । संविधान–२०७२ को धारा ९१ (२) अनुसार, प्रतिनिधिसभाको सभामुख र उपसभामुख एउटै दलको उम्मेदवार र एकै लिंगको बन्न नपाउने प्रावधान छ । यही प्रावधान अनुसार नेकपाले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने भएपछि नेकपाबाटै उपसभामुख बन्नु भएका शिवमाया तुम्बाहाङ्फेले हिजो पदबाट राजिनामा दिनुभएको थियो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button