समाचार

राष्ट्रपति भण्डारी म्यानमार भ्रमणमा जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक भ्रमणका क्रममा असोज २९ गते बुधवार म्यानमार भ्रमणमा जान लाग्नुभएको छ । राष्ट्रपति भण्डारी पाँचदिने भ्रमणका क्रममा म्यानमार जान लाग्नुभएको हो । म्यानमारका राष्ट्रपति यु विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी म्यानमार जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । म्यानमारमा रहँदा राष्ट्रपति भण्डारीले म्यानमारका समकक्षीसँग द्विपक्षीय हितका सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति भण्डारीलाई म्यानमारका स्टेट काउन्सिलर आङ साङ सुकीले स्वागत गर्ने तालिका छ। राष्ट्रपतिसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा म्यानमारका राष्ट्रपतिले स्वागत समारोहसहित रात्रिभोज आयोजना गर्ने मन्त्रालयले जनाएको छ ।

nema
Show More

Related Articles

Back to top button