समाचार

डाक्टर उपेन्द्र देवकोटाको अन्तिम विदाई

५ असार, काठमाडौं । दिवंगत बरिष्ठ न्यूरो सर्जन डाक्टर उपेन्द्र देवकोटालाई सर्वसाधारणदेखि राजनीतिक दलका नेताहरुले अन्तिम विदाइ गरेका छन् ।
न्यूरो अस्पताल, बाँसबारीमा पुगेर सर्बसाधारण लगायत सरकारी उच्च पदस्थ व्यक्तिहरूले श्रद्धाञ्जली दिएका हुन् । अस्पताल प्रांगणमा देवकोटाको शव राखिएको छ । मंगलवार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म देवकोटाको पार्थिव शरिरलाई शद्धाञ्जलीका लागि अस्पताल प्राङगणमा राखिएको छ । देवकोटाको मंगलबार पशुपतिमा दाहसत्कार गरिदै छ ।
उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, सभामुख कृष्णबहादुर महरा, नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण, पूर्व सभामुख मुवासचन्द्र नेम्वाङ, पूर्वअर्थमन्त्री विष्णु पौडेल, प्रदेश ३ की प्रदेश प्रमुख अनुराधा कोइराला लगायतले देवटालाई श्रद्धाञ्जली दिएका छन् ।
देवकोटाको शीरमा नेपाली ढाका टोपी लगाइएको छ । परिवारका सदस्यहरुका अनुसार डा। देवकोटाको इच्छाअनुसार नै निधनपछि दौरा सुरुवाल, ढाका टोपी र कोट लगाइएको हो ।

nema
Show More

Related Articles

Back to top button