breakingसमाचार

नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८२ पुग्यो

२३ बैशाख, काठमाडौैैँ
नेपालमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबै बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ९ का रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये एक जना ९ वर्षीय बालिका समेत रहेकी छिन् । भेरी अन्चल अस्पताल नेपालगञ्जले आज सार्वजनिक गरेको रिपोर्ट अनुसार नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षीय पुरुष तथा ९ वर्षीय बालिकाका साथै ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना पोजिटीभ देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।
यो सँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । यसअघि नेपालगन्जमा नै १५ जनामा संक्रमित पुष्टी भएको थियो । नेपालगञ्जको अन्सारी मस्जिदका ६० वर्षीय मौलानामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको थियो । उनको कन्ट्याक ट्रेसिङका आधारमा ९० जनाको स्वाब संकलन गरी परिक्षण गरिएकामा २२ जनामा पोजिटीभ देखिएको हो ।
यसैबीच कोरोना संक्रमितको संख्या लगातार बढेपछि बाँकेको नेपालगन्जमा आजबाट निषेधित क्षेत्र घोषणा गरेको छ । संघीय सरकारले जारी राखेको लकडाउनसँगै बिहान ११ बजेदेखि वैशाख २५ गते बिहिबार मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनु भयो । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि प्रदेश ५ सरकारको निर्देशनमा स्थानीय प्रशासनले निषेधज्ञा जारी गरेको हो । निषेधज्ञाको समयमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय बन्द रहनेछन् ।

nema
Show More

Related Articles

Back to top button