समाचार

गोकर्ण र नेपाल ट्रष्टको जग्गा लिज ः प्रम कार्यालय र ट्रस्टलाई निर्देशन

१६ माघ, काठमाडौैँ÷ संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रष्टको जग्गा लिजमा दिने र समय थपको विषयमा अध्ययन गरेर तयारी अवस्थामा बस्न प्रधानमन्त्री कार्यालय र नेपाल ट्रष्टलाई निर्देशन दिएको छ ।
आज सिंहदरबारमा बसेको समिति बैठकले नेपाल ट्रष्टका कार्यालयका निमित्त सचिव राजेश्वर ज्ञवालीबाट चित्त बुझ्दो जवाफ नआएको भन्दै एक साताभित्र सबै विषयमा अध्ययन गरेर बस्न निर्देशन दिएको हो । नेपाल ट्रष्टको सम्पति भाडामा लगाउनेदेखि समय थपका विषयका स्पष्ट जवाफ चाहिने भन्दै सभापति भरत शाहले एक सातापछि जुनुसुकै दिन छलफलका लागि बोलाइने उल्लेख गर्नुभयो ।
समितिको छलफलमा सांसदहरु विरोध खतिवडा, प्रेम आले,डा . मिनेन्द्र रिजाल र तेजुला चौधरीले दरबारमार्ग र गोकर्ण फरेस्टको समय थपबारे प्रश्न गरेका थिए । सांसदहरुको जिज्ञासापछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले अध्ययन गरेर आएर सबै प्रश्नको जवाफ आफैंले दिने प्रतिवद्धता जनाउनुभएको छ । स

nema
Show More

Related Articles

Back to top button