समाचार

डाक्टर गोविन्द केसी पक्ष र सरकारी टोलीबीच दोस्रो वार्ता

१ साउन, काठमाडौैँ÷ जुम्लामा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी पक्ष र सरकारी वार्ता टोलीबीच दोस्रो वार्ता शिक्षा मन्त्रालयमा सुरू भएको छ । सोमबार राति भएको पहिलो चरणको वार्तामा कुनै सहमति नजुटेपछि दोस्रो चरणको वार्ता शिक्षा मन्त्रालयमा सुरु भएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट गठित शिक्षा मन्त्रालयका सचिव खगराज बराल नेतृत्वको सरकारी वार्ता टोली र केसी पक्षबीच वार्ता भएको छ ।
सोमबारको वार्तामा चिकित्सा शिक्षा विधेयक फिर्ता गर्न माग गरेका थिए । केसी पक्षधरले विधेयक फिर्ता गरिए मात्र डा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याउन पहल गर्ने अडान लिएका थिए । तर सरकारी पक्षले विधेयक फिर्ता लिने विषमा शिक्षा मन्त्रीसँग छलफल गरेर दोस्रो चरणको वार्तामा बस्ने बताएका थिए ।
यसअघि पहिलो चरणको वार्तामा सहमति जुटेको थिएन । ‘डा केसी र हामीले उठाएको माग अनुसार चिकित्सा शिक्षा विधेयक अध्यादेश अनुसार जस्ताको तस्तै पारित गर्नुपर्ने कुरामा सरकारी वार्ता टोली सहमत हुन सकेको थिएन ।

nema
Show More

Related Articles

Leave a Reply

Your email address will not be published.

Back to top button