समाचार

नेपालसहितका देशमा बाढीपहिरोले क्षति पु¥याएपछि राष्ट्रसंघद्वारा दुःख व्यक्त

काठमाडौँ – नेपाल, भारत, बंगलादेश तथा म्यानमारसहितका देशमा बाढी–पहिरोका कारण भएको जनधनको क्षतिप्रति संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले दुःख व्यक्त गरेका छन् ।
मनसुनी वर्षाका कारण नेपाल लगायतका देशहरुमा भएको क्षतिप्रति दुःख ब्यक्त गदै उनले संयुक्त राष्ट्रसंघ आवश्यक परेको खण्डमा सहयोगका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।
महासचिवका डेपुटी स्पोकपर्सन फर्हान हकले जारी गरेको विज्ञप्तिमा बाढी पहिरोबाट विस्थापित भएकाहरुको पुनर्स्थापनाका लागि सबै किसिमका सहयोग गर्न तयार रहेको जनाइएको छ ।
नेपालमा बाढी तथा पहिरोका कारण मंगलबार दिउँसोसम्म६९ जनाको ज्यान गएको छ । भारतमा लाखौँ मानिस बिस्थापित भएका छन् भने कम्तिमा ४४ जनाको ज्यान गएको छ ।

nema
Show More

Related Articles

Back to top button