breakingसमाचारविचार

बारा र पर्सामा तत्काल उद्धार तथा घाइतेको उपचारको ब्यवस्था मिलाउन सरकारलाई केवी गुरुङको आग्रह

१८ चैत, काठमाडौैँ÷ वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङले बारा र पर्सा जिल्लामा भएको विनाशकारी हावाहुरीमा परि घाइते हुनेहरुको तत्काल उद्धार र उपचारको प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेका छन् । सोमवार एक प्रेस वक्तब्य जारी गदै उनले घाइतेहरुको उद्धार तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गरेका हुन ।

प्रेस वक्तव्य

आइतबार साँझ आएको भीषण हावाहुरी र पानीका कारण बारा र पर्सा जिल्लामा धेरै ब्यक्तिको ज्यान गएको र थुप्रै घाइते भएको घटनाले मलाई स्तब्ध र दुःखीत बनाएको छ ।

यस विपदमा परी दिवंगत हुनु भएका सबैप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, शोक सन्तप्त परिवार तथा आफन्तहरुप्रति हार्दिक समवेदना प्रकट गर्दछु । घाइतेहरुको तत्काल उद्धार र उपचारको प्रबन्ध गर्न तथा मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग आग्रह गर्न चाहान्छु ।

कुलबहादुर गुरुङ
सभापति
वीपी विचार राष्ट्रिय समाज

nema
Show More

Related Articles

Back to top button