breakingसमाचारनेपाली कांग्रेस

कांग्रेसको ‘जागरण अभियान’ देशैभर सुरु

२५ वैशाख, काठमाडौैँ÷ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।
काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार औपचारिक सभा गरेर पहिलो चरणको कार्यक्रम सुरु भएको हो। एक महिना (जेठ २५ गते) सम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ।
देशबाहिर विभिन्न ३३ मुलुकमा पनि कार्यक्रम सञ्चालन हुने काँगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । अभियान गर्नुका १५ वटा उद्देश्य रहेको उनले बताएका छन् । पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सुसूचित गर्ने अभियानको पहिलो उद्देश्य भएको उनको भनाई छ ।
सबै जिल्ला, क्षेत्र, गाउँरनगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी गर्ने कांग्रेसको रणनीति छ। ‘सरकारका भ्रष्टाचारलगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ’, जागरण अभियानबारे कांग्रेसद्वारा विज्ञप्तिमा उल्लेख छ।
अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको छ। त्यस्तै कांग्रेसले पार्टी कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको पनि अन्त्य हुने जनाएको छ। कार्यक्रमको उद्घाटन वरपीपल, स्वमीमध्ये कुनै एक बिरुवा रोपेर गरिनेछ।
कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ। गीतको रचनाकार पार्टी प्रवक्ता शर्मा हुन्। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको छ’,

nema
Show More

Related Articles

Back to top button