समाचार

केही सञ्चारमाध्यमले फेरि पनि बाँसुरी बजाएको समाचार दिन्छन ः प्रधानमन्त्री ओली

५ फागुन, काठमाडौैँ÷ काठमाडौं उपत्यकामा विद्युत वितरण प्रणाली भूमिगत बनाउन सुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले सञ्चार माध्यमले विकास भएको समाचार लेख्ने नगरेको भन्दै गुनासो गर्नुभयो । प्रधानमन्त्री ओलीले प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्‍चारमाध्यमले फेरि पनि बाँसुरी नै बजाएको समाचार दिने बताउनुभयो ।

nema
Show More

Related Articles

Check Also
Close
Back to top button