समाचारविश्व

यात्रुबाहक बस दुर्घटना हुँदा भारतमा १५ जनाको मृत्यु

नयाँ दिल्ली– यात्रुबाहक बस दुर्घटना हुँदा भारतको आन्ध्र प्रदेशमा कम्तिमा १५ जनाको ज्यान गएको छ ।
आन्ध्र प्रदेशको करनूल जिल्लामा भएको दुर्घटनामा १३ जनाको घटनास्थलमै तथा थप २ जनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार यात्रुबाहक बस अर्को गाडीसँग ठोक्किन पुगेको थियो ।
घटनामा मृत्यु हुनेमध्ये धेरै जना भारतीय राज्य तेलङ्गानाको गडवाल जिल्लाका रहेका जनाइएको छ । उनीहरु एक वैवाहिक कार्यक्रममा सरिक भएर घर फर्किदै थिए ।

nema
Show More

Related Articles

Back to top button