breakingसमाचारनेपाली कांग्रेस

गुटको राजनीतिले काँगे्रस ध्वस्त भएको नेता के.वी गुरुङको ठोकुवा, काँगे्रसलाई गम्भीर अवस्थाबाट वचाउन आफुले नेतृत्व लिन चाहेका प्रस्टोक्ति ।

१८ जेष्ठ, काठमाडौैँ
नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले वर्तमान चुनौतीका अगाडि पार्टीको वर्तमान नेतृत्वबाट पार्टीलाई परिवर्तन गर्न सम्भव नभएको बताउनुभएको छ । गुरुङले शुक्रवार राजधानीमा वी.पी विचार राष्ट्रिय समाजको प्रदेश नंवर ३ को विशाल कार्यकर्ता भेलामा  काँग्रेस गुटमा परिणत भएको बताउँदै यस्तै हो भने काँगे्रस विलिन भएर जाने बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै गुरुङले निर्वाचनमा काँगे्रसको लज्जास्पक्ष हार भएपछि नैतीकताको आधारमा सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने सट्टा काँगे्रसलाई झन कमजोर बनाउन कुर्सी मोह त्याग्न नसकेको आरोप लगाउनु भयो ।
गुरुङले कांग्रेसका वर्तमान सबै तहका समितिहरुलाई विघटन गरी,सबै तहको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गर्न समेत माग गर्नु भएको छ । उहाँले काँगे्रसलाई वी.पीको विचारमा डो¥याएर पहिलेकै अवस्थामा फर्काउन आफुले नेतृत्व लिन चाहेको नेता गुरुङले बताउनुभयो । कार्यक्रममा उपस्थित भएका कार्यकर्ताहरुले कांगे्रलाई अव के.वी गुरुङले नेतृत्व लिनुपर्ने बताएका थिए ।

nema
Show More

Related Articles

Back to top button