breakingसमाचार

प्रदेश ३ को नाम बागमती र राजधानी हेटौैँडा कायम

२७ पुष, काठमाडौैँ÷ प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा कायम भएको छ । आज बसेको प्रदेशसभाको बैठकले प्रदेशको राजधानी र नाम टुंगो लगाएको हो । बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा र नाम बागमती कायम गर्ने प्रस्ताव पास गरेको छ ।
प्रदेशको नाम बागमती राख्ने प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत खसेन । स्थायी राजधानी हेटौडालाई राख्ने प्रस्तावको पक्षमा भने १ सय ५ जना सदस्यले मतदान गरेका छन् । ३ जना सदस्यले हेटौडाको विपक्षमा मतदान गरेका छन् । प्रदेशसभाका ११० जना सदस्यमध्ये १०८ जना मतदानमा उपस्थित भएका थिए ।
बैठकमा धुलिखेललाई प्रदेश राजधानी बनाउन गरेको प्रस्तावको पक्षमा जम्मा ३ मत मात्र परेको छ । विपक्षमा १०१ मत परेपछि धुलिखेलाई राजधानी बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको हो । प्रदेशको नाम बागमती राख्ने निर्णयमा भने सबै दल एकमत रहेको र सबैको साथ र सहयोगले नै यो सम्भव भएको प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले जानकारी दिनुभयो ।

nema
Show More

Related Articles

Back to top button